काठमाण्डु, ७ भदौ– संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज शुक्रबार जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ः०७ मिनेटमा ३.९ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि ताप्लेजुङलगायतका जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।