एमाले हाम्रो मुख्य प्रतिस्पर्धी हो भन्ने भुल्नु हुँदैनः सिटौला

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिनुपर्ने बताएका छन ।

आज श्ुक्रबार पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन । सभापति देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उनीहरूलाई पनि अवसर दिन सुझाव दिएका छन ।

सिटौलाको भनाई उधृत गर्दै एक नेताले, ‘सभापतिजीले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उहाँहरूलाई अवसर दिनुपर्छ ।’साथै उनले एमाले चुनावमा मुख्य प्रतिस्पर्धी पार्टी रहेपनि अहिले एमालेसँग गठबन्धन भएकाले गठबन्धन जोगाएर सरकारलाई निरन्तरता दिनुपर्ने बताएका छन ।

उनले भने, ‘चुनावमा हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले नै हो । अहिले एमालेसँग गठबन्धन छ । सरकार पनि अघि लानुपर्ने अवस्था छ, गठबन्धन जोगाउनु पनि छ, ‘तर, गठबन्धन जोगाउने भन्दै गर्दा ग्राउन्ड पनि जोगाउनु पर्छ । एमाले मुख्य प्रतिस्पर्धी हो भन्ने हामीले भुल्न हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us