काठमाण्डु, ७ भदौ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन ।
विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेलाई सोधपुछ र बयानका लागि बोलाएको स्रोतले जानकारी दिएको छ ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन । लामिछाने अघि समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग बयान लिएको छ ।