मुस्ताङमा हिमपहिरो: ९ परिवारलाई सुरक्षित ठाउँमा सारियो

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १६:०७ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित कोबाङमा हिमपहिरोका कारण बोक्सिखोला थुनिएको छ । पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिदिएको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिएका छन ।

पहिरोले रोकेको पानीका कारण ठुलो ताल नबनेको तर, पहिरोमा पानी सोसिएर बसेको पनि उनले जानकारी दिएका छन । नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई त्यहाँबाट सुरक्षित स्थलमा सारिएको डीएसपी पाण्डेले जानकारी दिएका छन । उनले भने, ‘सम्भावित दुर्घटनाबारे हामीले सचेतना अपनाएका छौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us