काठमाण्डु, ७ भदौ– आज शुक्रबार बिहान तनहुँमा भएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ११ जना बेपत्ता भएका छन् । बस सडकमा मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जानकारी दिएको ।
१४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिएका छन ।
शुक्रबार बिहान साढे एघार बजे आबुखैरेनी गाउँपालिका– २ ऐनापहरास्थित सडकबाट मर्स्याङ्दी नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।