आँबुखैरेनी नजिकैबाट मस्र्याङदी नदीमा खस्यो यात्रुबाहक बस

काठमाण्डु टुडे २०८१ भदौ ७ गते १२:११ मा प्रकाशित

तनहुँ, ७ भदै -तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरा भन्ने ठाउँबाट यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खसेको छ । शुक्रबार बिहान साढे एघार बजे आबुखैरेनी गाउँपालिका- २ ऐनापहरास्थित सडकबाट मर्स्याङ्दी नदीमा बस खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

एसपी शाहीका अनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगिसकेको र बसलाइ डोरी लगाएर उद्धार गर्न थालिएको  बताए ।
प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मी घटनास्थलतर्फ जाँदैछन् । घटनास्थल पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पर्छ ।

बस कहाँबाट कहाँ जाँदै थियो, कति जना यात्रु थिए भन्ने विवरण खुलिसकेको छैन  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us