टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिपरिषदको निर्णय

काठमाण्डु टुडे २०८१ भदौ ६ गते २०:४९ मा प्रकाशित

काठमाण्डु, ६ भदौ- सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता पृथ्बीसुब्बा गुरूङले जानकारी दिए ।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले प्रस्ताव तयार गरेको उनले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिकमा टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us