प्रधानमन्त्रीको स्पष्टीकरणः विद्युतको बक्यौता उठाउँछौं, तर उद्योग चलाएर

काठमाण्डु टुडे २०८१ भदौ ६ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुलको बक्यौता उठाएरै छाड्ने बताएका छन । आफ्नो नेतृत्वको सरकारले उद्योगको लाइन काटेर बक्यौता उठाउने बाटो मात्र गलत भएको बताएको उनको भनाइ छ ।

आज बिहिबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले उद्योगहरुले उपभोग गरेको विद्युतको महसुल तिर्नैपर्ने बताए ।

महसुल नतेरेकै कारण विद्युत काट्दा व्यापार व्यवसायमा असर पर्ने हुनाले मात्र सरकारले जिम्मेवारीपूर्वक लाइन जोड्न सुझाएको पनि प्रधानमन्त्री ओलीले बताएका छन । सरकारले महसुल मिनाहा गर्न लागेको भन्ने प्रचार झुटो भएको भन्दै उनले भने, ‘बक्यौता उठाउँछौं, तर उद्योग चलाएर ।’

उनले उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुने र मजदुरको रोजगारी गुम्ने हुनाले उद्योग चलाउने र बक्यौता पनि उठाउने बाटो लिएको बताएका छन ।

उनले भने, ‘उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ ।’ उनले सरकार र विद्युत प्राधिकरणबीच कुनै मतभेद नरहेको समेत उनले बताए । तर सरकारले प्राधिकरणलाई निर्देशन गर्नै हुन्न भन्ने नभएको भन्दै ओलीले भने, ‘के गोदान हो त्यो रु सोधीखोजी पनि गर्न पाइँदैन रु सोधीखोजी गर्छ ।’

आठ/दश वर्षदेखि थाती रहेको विषय भएकाले सरकारले काटिएको लाइन जोडेर बाँकी प्रक्रिया अगाडि बढाएको पनि उनले बताएका छन । उनले विद्युतको बक्यौता २२ अर्ब उठाउनुपर्नेमा ६ अर्बमा झारिएको भन्दै उनले यसको सोधीखोजी हुनुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us