काठमाण्डु, ६ भदौ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आँट देखाउने र हेर्ने विषय नभएको बताएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले ८ वर्षको कार्यान्वयनको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन । उनले भने, ‘यसमा आँट र नआँट भन्ने प्रश्नै उठ्दैन, आँट देखाउने भएर उल्किन जरुरी छैन, जे आवश्यक छ, त्यो आँट नगर्ने भन्ने पनि हुँदैन ।’
संविधान संशोधन साझा सवाल भएको प्रधानमन्त्री ओलीले बताएका छन । उनले भने, ‘कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने होइन, ‘आँट गर्न परे सबैले गरौंला, आँट गर्न नपरे सबैले नगरौंला ।’