काठमाण्डु, ६ भदौ– प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ । धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान करिब ९ बजे मुला लोड भएको को१ख ४७३३ ट्रक गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद भएको गाँजा ४४ बोरा छ । गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
बरामद भएको गाँजा भारत पठाउनका लागि ल्याइएको पनि प्रहरीले जानकारी दिएको छ । धनकुटाको छिन्ताङ आसपास व्यवसायिक गाँजाको खेती हुन्छ । धनकुटाबाट ल्याएर मोरङ सुनसरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको प्रहरीले बताएको छ ।