चरी हत्याविरुद्धकोे रिटमा आज सुनुवाई

काठमाण्डु टुडे २०७१ भदौ ३ गते ४:०७ मा प्रकाशित

काठमाण्डु, ३ भदौ चर्चित गुण्डा नाइके दिनेश अधिकारी चरीको हत्याविरुद्ध सर्वोच्च अदालतमा परेको chariरिटमाथि आजबाट बहस हुदैछ ।
हिजो हुने भनिएको बहस आजबाट हुने भएको हो । प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेपछि चरीका दाजु ध्रुव अधिकारीले दायर गरेको रिटमा प्रहरीलाई किटानी जाहेरी लिन परमादेश दिन माग गरिएको छ ।

रिटमा महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की काठमाण्डु परिसरमै कार्यरत नायव उपरीक्षक मिरा चौधरी, निरीक्षक कुमुद ढुंगेल र चरीकी प्रमिका खुश्बु ओलीका पूर्वप्रेमी अर्पण कोइरालाविरुद्ध मुद्धा दायर गरिएको छ।
बहसमा चरीका तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल, पुष्पराज पौडेल, नारायण देवकोटा, अम्मरराउत लगायतले बहस गर्दैछन् ।
दुई साताअघि धादिङको सीमानामा पर्ने काठमाण्डुको भीमढुंगामा प्रहरीसगँको मुठभेडमा चरी मारिएका थिए । तर आफन्तले भने प्रहरीले पक्राउ गरेर हत्या गरेको दाबी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us