काठमाण्डु, ३ भदौ- स्वास्थ्य मन्त्रालयमा गैरचिकित्सक सचिव नियुक्ति गरिएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आजबाट अनिश्चितकालिन मन्त्रालय घेराउ गर्दैछन् ।
स्वास्थ्य मन्त्रालयको रिक्त सचिवमा मन्त्रिपरिषदले स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठलाई सरुवा गरेपछि चिकित्सकरु आन्दोलित भएका हुन ।
घेराउ कार्यक्रम दिउँसो २ बजेबाट हुने नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिए ।
चिकित्सहरु बिहानैदेखि धर्नामा सहभागी हुँदा अस्पतालको काममा असर पर्ने हुँदा दिउँसोबाट दैनिक घेराउ र धर्ना
दिन लागिएको झाले बताए । उनले माग पूरा नभएसम्म स्वास्थ्य मन्त्रालयमा घेराउ जारी राखिने जानकारी झाले दिए ।