किशोरी भारत लगेर यौन व्यवसायमा लगाउन खोज्ने पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ ३ गते २:२१ मा प्रकाशित

काठमाण्डु, ३ भदौ- मोरङ हरैंचाकी १३ वर्षीया किशोरीलाई बिक्री गर्ने प्रयास गरेको आरोपमा इटहरी प्रहरीले १८ वर्षीया युवतीलाई पक्राउ गरेको छ ।

अस्मिता नामले चिनिने झुकु उरावलाई प्रहरीले पक्राउ गरेको  छ । काम भएको बहानामा उरावले ती किशोरीलाई बेलबारीसम्म जान अनुरा्ध गरेकी थिईन ।

गत ३१ साउनमा बेलबारी जाने भनेर हिँडे पनि उनले झापाको काँकडभिट्टा पुर्याएकी थिईन ।

सीमा कट्नै लाग्दा प्रहरीले काँकडभिट्टामा पक्राउ गरी माइती नेपाललाई बुझाएको थियो । इटहरी प्रहरीका अनुसार भारत पुर्याएर अवैध रुपमा यौन गतिविधिमा प्रयोग गराउने उद्धेश्यले ती किशोरीलाई लगेकी हुन् ।

उता लैजान असफल भएपछि उनले इटहरीकै एक होटलमा यौन गतिविधिमा लगाएको देखिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कुन्दन देवले बताए  ।

नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us