सिडिओ सरुवामा प्रधानमन्त्री र गृहमन्त्रीबीच मारामार

काठमाण्डु टुडे २०७१ भदौ ३ गते २:०१ मा प्रकाशित

काठमाण्डु, ३ भदौ -राजधानी दैनिकबाट गृहमन्त्रालय मातहतको प्रमुख जिल्ला अधिकारी सरुवाको विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमबीच विवाद बढेको छ ।

एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवालाई लिएर विवाद बढेको छ । स्रोतका अनुसार काठमाण्डु, ललितपुर, चितवन, पर्सा, झापा, मोरङ, बाँके तथा अध्यागमन विभाग र  किताव खानामा सरुवा गर्नुपर्ने सहसचिवको विषयलाई लिएर उनीहरुबीच निकै ठूलो विवाद देखिएको छ ।

प्रधानमन्त्रीले ती सबै जिल्लामा आफूले भनेको मात्रै सरुवा गर्नुपर्र्र्ने भन्दै सरुवा गर्न नदिएको गुनासो गौतमले पार्टी नेतृत्व र आफु निकटसँग गरेका छन् ।

काठमाण्डुको प्रमुख जिल्ला अधिकारीलाई सरुवा गन खोज्दा कांग्रेस निकट नेताहरुले अवरोध गरेपछि त्यस विषयमा प्रधानमन्त्री कोइरालासँग छलफल गरेको गौतमले कोइरालाको चाल रहेको पाएका थिए ।

राजधानी  दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us