भारतमा भेटिएन इबोला, नेपालमा के होला ?

काठमाण्डु टुडे २०७१ भदौ ३ गते १:४३ मा प्रकाशित

काठमाण्डु, ३ भदौ –अफ्रिकी मुलुक नाइजेरियाबाट भारत आएका व्यक्तिमा शंका गरिएको इबोला भाइरस संक्रमणको परीक्षण नतिजा नकारात्मक आएको छ ।

भारतको पुणेस्थित नेसनल भइरोलोजी इन्ष्टिच्युटमा दोस्रो परीक्षण गर्दा ती व्यक्तिमा इवोलाको संक्रमण नभेटिएको हो ।

यसअघि नेशनल सेन्टर फर डिजिज कन्ट्रोलमा परीक्षण गर्दा संक्रमणको शंका गरिएपछि थप ६ घन्टा लामो परीक्षण गर्नु परेको थियो ।

नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. लिङ अङले भारतको इबोला संक्रमण परीक्षण नकारात्मक आएको जानकारी दिए ।

नाइजेरियाबाट नयाँ दिल्ली आएका तीनजनामा इबोला संक्रमण भएको हल्ला चलेपछि नेपालमा पनि चासो बढेकाले सोमबार दिनभरजसो नेपाली सञ्चारमाध्यममा यसलेस्थान पाएको थियो ।

दक्षिण एसियामा हालसम्म इबोलाको संक्रमण देखिएको छैन । 

अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us