७ भदौ सम्मका लागि कांग्रेस बैठक स्थगित

काठमाण्डु टुडे २०८१ साउन २८ गते १८:१७ मा प्रकाशित

काठमाण्डु, २८ साउन– कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भदौ सात गतेसम्मका लागि स्थगित भएको छ । साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी रहेको छ ।

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा.मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईँ, रामजनम चौधरी, डा.गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा वि.क.र अनिलकुमार रुंगटाले बैठकका एजेन्डामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आफ्नो धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । केन्द्रीय कार्यसमितिको अर्को बैठक भदौ ७ गते शुक्रबार बिहान ११ः०० बजे बस्ने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us