यही पद्धतिले स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिँदैन: स्वास्थ्यमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ साउन २८ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, २८ साउन– कांग्रेसको केन्द्रीय समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न नसकिने बताएका छन ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन । उनले स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नहुँदा कार्यान्वयन हुन कठिन रहेको बताएका छन । उनले भने, ‘प्रिमियम जम्मा भएन ।

सरकारले अन्य स्रोतहरु सुनिश्चित गर्न सकेन । अस्पतालहरुमा अर्बौं तिर्न बाँकी छ, ‘९ अर्ब सरकारले तिर्न बाँकी छ। यही ढंगले चलेर स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिँदैन ।’

स्वास्थ्य बीमालाई व्यवस्थित गर्न र स्रोत सुनिश्चित गर्नका लागि विकल्पहरु पौडेलले बैठकमा पेश गरेका थिए । स्रोत सुनिश्चित गराउनका लागि पार्टीको पनि सहयोग पौडेलले अपेक्षा गरेका छन ।

नीतिगत रुपमा गर्नुपर्ने कार्यका लागि आवश्यक पहल गरिदिन पार्टीमा उनले अनुरोध समेत गरेका छन । केन्द्रीय सदस्य पौडेलले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बैठकमा पेश गरेका एजेण्डा अनुसार सय दिने सांगठिन अभियानको प्रशंसा गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us