एनसेल सेवामा समस्या

काठमाण्डु टुडे २०८१ साउन २८ गते १७:०७ मा प्रकाशित

काठमाण्डु, २८ साउन– देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या देखिएको छ । एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको एनसेलले जनाएको छ ।

आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको एनसेलले जनाएको छ ।

एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो । एनसेलको सेवा रोकिँदा उपभोक्ता प्रभावित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us