रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८१ साउन २८ गते १४:३८ मा प्रकाशित

काठमाण्डु, २८ साउन– रवि लामिछाने नेतृत्वको रास्वपाले संसदीय दलको बैठक बोलाएको छ । बैठक साउन २९ गते मङ्गलवार बिहान १ः ३० बजे बस्ने गरी बोलाएको सांसद मनिष झाले जानकारी दिएका छन ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पाँच वटा विषयमा छलफलका हुने उनले जानकारी दिएका छन ।

घटनाक्रम,प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकका सम्बन्धमा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध विषय छलफलका एजेन्डामा छलफल हुने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us