ओली उपस्थित भएको समिति बैठकमा प्रचण्ड अनुपस्थित

काठमाण्डु टुडे २०८१ साउन २२ गते १५:४७ मा प्रकाशित

काठमाण्डु, २२ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन ।

उनी विराटनगरमा भएकाले उक्त बैठकमा अनुपस्थित भएका स्रोतले जानकारी दिएको छ । छोटो समयमा प्रधानमन्त्री समिति बैठकमा उपस्थित हुने कार्यक्रम बनेकाले आफू चाहेर पनि बैठकमा उपस्थित हुन नसकेको प्रचण्डले सभापति रामहरि खतिवडालाई फोन गरेर जानकारी गराएको स्रोतले जानकारी दिएको छ ।

आफूलाई प्रचण्डले फोन गरेर ओली सहभागी समिति बैठकमा आफू पनि सहभागी हुने इच्छा भएपनि विराटनगरमा भएकाले आउन नसक्ने जानकारी गराएको बैठकमा बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us