बाल्टिनको पानीमा डुबेर भक्तपुरमा ११ महिने बालिकाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन २२ गते १५:४० मा प्रकाशित

काठमाण्डु, २२ साउन– भक्तपुरमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको प्रहरीले ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो । सोमबार साँझ बाल्टिनमा रहेको पानीमा डुबेर उनी घाइते भएकी थिइन् । उपचारको क्रममा ख्वप अस्पताल च्यामासिंहमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us