संविधान सभा सदस्य तथा उद्योगपति अग्रवालको निधन

काठमाण्डु टुडे २०८१ साउन २२ गते १४:२२ मा प्रकाशित

काठमाण्डु, २२ साउन– संविधानसभा सदस्य तथा वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा गएराति निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् । स्वर्गीय अग्रवाल लामो समयदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए ।

अग्रवालले आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालन गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारी स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us