प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा जाने

काठमाण्डु टुडे २०८१ साउन २२ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, २२ साउन– मङ्गलवार दिउँसो बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री एवं एमाले केपी शर्मा ओली सहभागी हुने भएका छन । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री सहभागी हुने सभापति रामहरि खतिवडाले जानकारी दिएका छन ।

ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक समिति बैठकमा सहभागी हुन लागेका हुन । यसअघि १६ गतेको बैठकमा आमन्त्रण गरे पनि ओलीले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्री बैठकमा पठाएका थिए ।

समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्ने कार्यसूची रहेको स्रोतले जानकारी दिएका छन । प्रधानमन्त्री ओलीको सचिवालयले भने अनविज्ञता प्रकट गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us