गुल्मीमा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन २२ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, २२ साउन– गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिएका छन । पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाइएको पनि उनले जानकारी दिएका छन ।

मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us