मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु टुडे २०८१ साउन २२ गते १२:०४ मा प्रकाशित
काठमाण्डु, २२ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन  । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन  ।
बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दै गर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्ने पनि ति मन्त्रीले जानकारी दिएका छन  । त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us