काठमाण्डु, १५ साउन– काठमाण्डु महानगरपालिका–२५ असन बस्ने मेरी तुलाधरको घरमा रहेको धागो गोदाममा आगलागी भएको छ । आज मंगलबार बिहान विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धागो जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।