त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ साउन १५ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, १५ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार बसेको त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक सहभागि भएका छन ।

आगामी दीक्षान्त समारोहको लागि ग्रेस लिस्टमा परेका विद्यार्थीको लिस्ट पारित गर्नको लागि बैठक बसेको हो । बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य पदाधिकारी गाउन र टोपी लगाएर उपस्थित भएका थिए ।

त्रिभुवन विश्वविद्यालयको आगामी दीक्षान्त समारोह पुसमा आयोजना गर्ने तयारी भइरहेको छ । यसअघि गत असार ३१ गते बोलाइएको सभा स्थगित भएको थियो । तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाऊ प्रधानमन्त्री बनेपछि स्थगित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us