जुवा खेल्दै गरेका ९ जना १० लाखसहित पक्राउ

काठमाण्डु टुडे २०८१ साउन १५ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, १५ साउन– प्रहरीले जुवातास खेलेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । हिजो सोमबार साँझ ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई काठमाण्डुको चुनदेबीबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका–५ बस्ने २१ वर्षीय करिब देउला, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, काठमाण्डुको बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाण्डुकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाण्डुको डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाण्डु कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाण्डु डल्लुकै ५२ वर्षीय प्रकाश शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डु महानगरपालिका–४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा तासजुवा खेलेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन ।

उनीहरुबाट १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ । जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि बरामद गरिएको पनि प्रहरीले जनाएको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us