राष्ट्रिय सभाको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ साउन १५ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, १४ साउन– आज मंगलबार राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको छ ।

आज बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रश्तत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us