मन्त्रालयगत प्रगति र भावी योजनाबारे प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिने

काठमाण्डु टुडे २०८१ साउन १५ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, १४ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयगत कामको प्रगति र भावी योजनाबारे निर्देशन दिने तयारी गरेका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए ।

सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए । ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यस प्रकारको बैठक राखेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us