दुष्प्रचारको माझमा पदमा रहेर काम गर्ने इच्छा भएन: कृष्णमान प्रधान

काठमाण्डु टुडे २०८१ साउन १४ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, १४ साउन– निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन । आज सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै प्रधानले यस्तो बताएका हुन ।

उनले दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको प्रतिक्रिया पनि दिएका छन । उनले नेपालको संविधान र संसदीय सुनुवाइ समितिको प्रक्रियाको सम्बन्धमा आफ्नो उच्च विश्वास रहेको पनि बताएका छन ।

प्रधानले समितिलाई दिएको पत्रमा उनले भनेका छन, ‘मेरो सम्बन्धमा संवैधानिक परिषद्को सिफारिसप्रति निष्ठावान् रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान् रहने बचनबद्धता सहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us