विद्यार्थीसहितको बस भीरमा खस्यो

काठमाण्डु टुडे २०८१ साउन १४ गते ९:४० मा प्रकाशित

पोखरा, १४ साउन– पोखरामा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ ।

पोखरा महानगरपालिका–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस सडकबाट भीरमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा विद्यार्थी खचाखच थिए । घटनास्थलमा उद्धार भइरहेको छ भने विस्तृत विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us