कांग्रेसमा सभापतिको दौड सुरु !

काठमाण्डु टुडे २०८१ साउन १३ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, १३ साउन– कांग्रेसको विधान अनुसार महाधिवेशन भए कांग्रेको १५ औँ महाधिवेशन आउन १५ महिना मात्रै बाँकी छ । पार्टीको १५ औँ महाधिवेशन आउन १५ महिना अधिनै कांग्रेस नेताहरु भने नेतृत्व हत्याउने तानाबाना बुनिरहेका छन ।

कांग्रेस नेताहरु नेतृत्वको लागि अहिले देखीनै गुटगत राजनीतिलाई सक्रिय बनाउन सुरु गरेका छन । कांग्रेसको नेतृत्वको लागि थुप्रै नेताहरुले आकांक्ष देखाएका छन । अब पार्टी सभापति शेरबाहादुर देउवा को अबधि ०८२ मंसिर सम्म मात्रै छ । कांग्रेको विधान अनुसारनै देउवा पार्टी सभापति बन्न पनउने छैनन् ।

त्यसैले कांग्रेस भित्र देउवा पछि पार्टीको नेतृत्व कस्ले गर्न भनेर कांग्रेस नेताहरुबीच लडाइ सुरु भएको छ । सभापति देउवाको निकट रहेका उपसभापति पूर्ण बाहादुर खड्का र देउवाबीच पछिल्लो समय दुरी बढ्को छ । सभापति देउवाले साथ छोडेपछि उपसभापति खड्का पनि देउवालाईनै चुनौती दिने मोडमा छन ।

उपसभापति खड्का सभापति देउवालाई चुनौती दिनेगरी आफ्नो गुट  निमार्णमा लागेका छन । वर्तमान सरकारमा कर्णलीबाट प्रतिनिधित्व गर्दै वनमन्त्री बनेका ऐन बाहादुर शाहि कार्णली प्रदेशका जिवन बाहादुर शाहि र राजिव विक्रम शाहले आफ्नो समुहमा रहेको भन्दै खड्काले देउवामाथि दबाव बडाउदै लगेका छन ।

उपसभापति खड्काले १५ औँ महाधिवेशनमा देउवाकै समर्थनमा सभापतिमा लड्ने तयारी गरीरहेकै बेला सभापति देउवाले भने पत्नी आरजु राणा देउवालाई अधि सारेपछि देउवासँग खड्का झस्किएका छन । तर देउवामाथि हस्तक्षेप गर्ने गरी भने उनले दबाव बडाउँन सकेका छैनन् । लोकतान्त्रीक पार्टीका गुटगत भन्दा पनि बिचार समुहको शक्ती संघर्ष हुनु स्वभाविक भएको भन्दै पार्टी सभापतिले यसलाई सामान्य रुपमा लिएको र पार्टीमा सबैलाई मिलाएर लाने देउवा निकट नेताहरुको भनाइ छ ।

यता पहिले देखिनै सभापति देवालाई टक्कर दिँदै आएका शेखर गगन समुह पनि १५ औँ महाधिवेशनमा देउवा पक्षलाई रोक्ने तयारी छ । १४ महाधिवेशनमै पार्टी सभापतिमा भिडेका नेता शेखर कोइराला १५ औँ महाधिवेशनमा सभापति बन्ने गरी आफ्नो गुटलाई सक्रिय बनाइ रहेका छन । शेखर–गगन गुटमापनि सभापतिमा शेखर कि गगन भन्नेमा विवाद सुरु भएको छ । शेखर गगन दुवैले आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनेगरी तयारी गरीरहेका छन ।

यही अवस्थालाई मध्य नजर गर्दै शेखरलेत नाताल बहिनी पर्ने शुजता कोइरालालाई आफ्नो सचिवालयमानै बोलाएर आफ्नै गुटमा सक्रिय गराएका छन । कांग्रेस नेताहरुले भने गुटगत प्रतिस्पर्धालाई शक्ती संघर्षको रुपमा व्याख्या गर्ने गरेका छन । कांग्रेसको गुट शेरवाहादुर देउवा, पूर्णवाहादुर खड्का शेखर कोइराला, गगन थापामा मात्रै सिमित छैन ।

प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि गोपालमान श्रेष्ठ पनि सानो चलाएर लेनदेन गर्ने गरेका छन । गुटैगुटको लडाइले १५ औँ महाधिवेशन समयमै नहुने खतरा पनि देखीन्छ । किनभने सभापतिलाई १ बर्षसम्म महाधिवेश नगरी कार्यकाल लम्ब्यायने सुविधा पनि कांग्रेसकै विधानले दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us