पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

काठमाण्डु टुडे २०८१ साउन १३ गते १४:४९ मा प्रकाशित

काठमाण्डु, १३ साउन– गए राति परेका पानीका कारण आएको पहिरोको कारण काठमाण्डुबाट मकवानपुरको हेटौंडा राजे सडक कान्ति लोकपथ अवरुद्ध भएको छ । शनिबार राति परेका पानीका कारण आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक नै बनाएको छ । जसकरण सडक खुल्न निकै समय लाग्ने बताइएको छ । कार्कीबास भन्ने ठाउँमा पनि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन ।

करिब ५ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । बाटो खुलाउने प्रयास गरिए पनि धेरै ठाउँ बिगारेकाले समय लाग्ने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us