सुनका गहना चोरेर भाग्दै गर्दा युवक पक्राउ

काठमाण्डु टुडे २०८१ साउन १३ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, १३ साउन– चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाण्डु महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो । काठमाण्डु महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरीको गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका गरगहना उनले चोरी गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ ।

सुनका विभिन्न गरगहना र नगद गरी १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरीले गहनासहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us