काठमाण्डु, १३ साउन– भ्रष्टाचार मुद्दामा बयान दिन निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालत उपस्थित भएका छन । उनको बयान भइरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहितको इजलासमा बयान जारी रहेको उनले जानकारी दिएका छन । बयान सकिएपछि उनी आजै धरौटीमा छुट्ने भएका छन ।
अर्यालमाथि अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको मुद्दा दायर भएको थियो। भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।