काठमाण्डु, १३ साउन– पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
लमही नगरपालिका – ९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिएका छन ।
एसपी केसीले ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका – २ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
खाली ट्रक सिमेन्ट लिनको लागि लमही आउँदै थियो । घटनामा चालकको हातमा सामान्य जलन प्रहरीले जानकारी दिएको छ । आगो लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।