गोरखा, १४ साउन– गोरखाको धार्चे गाउँपालिका–५ रेसामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन् ।
जितबहादुर गुरूङको घर र नजिकै रहेको कृषि फार्म पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका गोरखा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले उद्धारका लागि घटनास्थलमा प्रहरी पठाइएको बताए ।
प्रहरी टोली पुगेपछि घटनाबारे विस्तृत विवरण आउने उनले जानकारी दिए ।