तिनाउ नदीले बगाएर किशोरको मृत्यु, एकको अवस्था अज्ञात

काठमाण्डु टुडे २०८१ साउन १२ गते १३:१६ मा प्रकाशित

बुटवल, १२ साउन– बुटवलस्थित तिनाउ नदीले बगाएर एक किशोरको मृत्यु भएको छ ।

बाग्लुङको बरेङ गाउँपालिका ४ का १२ वर्षीय विवश खत्रीलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ पौडी खेल्न नदीमा गएका बेला बगेका खत्रीको शव मगरघाट नजिकै फेला परेको थियो ।

बाढीले बगाउँदा खत्री सँगै गएका सैनामैना नगरपालिका–८ रुपन्देशीका बिप्रन पाण्डेको अवस्था अज्ञात छ । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us