विमान दुर्घटना: चार शव परिवारले बुझे

काठमाण्डु टुडे २०८१ साउन ११ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, ११ साउन– गत बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन । आज शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका अस्पताल स्रोतले जानकारी दिएको छ ।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूकोले बताएका छन ।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । जस मध्य चार परिवारले शव बुझेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us