कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

काठमाण्डु टुडे २०८१ साउन ११ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, ११ साउन– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मालेले जानकारी दिएका छन

। उनले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी रहेका थिए ।

बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् । देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको बोर्डले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us