मेयर नकर्मीप्रति देउवा र प्रकाशमानको श्रद्धाञ्जली

काठमाण्डु टुडे २०८१ साउन ११ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, ११ साउन– कीर्तिपुर नगरपालिकाका दिवंगत मेयर राजकुमार नकर्मीको पार्थिव शरीर नगरपालिका कार्यालय परिसरमा राखिएको छ ।

पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह लगायतले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अन्य नेता–कार्यकर्ता, स्थानीयबासी र कर्मचारीहरु पनि श्रद्धाञ्जली अर्पणमा सहभागी भएका छन । मिर्गौला रोगबाट पीडित नकर्मीको ६० वर्षको उमेरमा गएराति निधन भएको थियो ।

उनको बीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मेयर नकर्मीको निधनपछि आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us