कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

काठमाण्डु टुडे २०८१ साउन ११ गते ११:४० मा प्रकाशित

काठमाण्डु, ११ साउन– कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिएका छन ।

मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने उनले जानकारी दिएका छन ।

मेयर नकर्मी गएको स्थानिय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट विजयी भएका थिए । उनले एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us