विष्णुको ओरालो यात्रा सुरु !

काठमाण्डु टुडे २०८१ साउन १० गते २०:२९ मा प्रकाशित

काठमाण्डु, १० साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको २० बर्ष पार्टीको नेतृत्व आफुले नै गर्ने धोषणा गरीसकेका छन । अध्यक्ष ओलीले अबको २० बर्ष पार्टीको नेतृत्वमा आँखा नलगाउन नेता कार्यकर्ता लाई आग्रह समेत गरेका छन । अध्यक्ष ओली राजनीतिमा सक्रिय रहेसम्म पार्टीको नेतृत्वमा पाउन मुस्किल रहेको राम्रैसँग बुझेका दोस्रो तहका नेता हरुले ओली पछि कसरी नेतृत्व हात पार्ने भन्ने तानाबान अहिले देखीनै सुरु गरेका छन ।

प्रस्टरुपमा देखिने गरीनै एमालेमा पार्टी उपाध्यक्ष विष्णु पौडेलल र महासचिव शंकर पोखरेलबिच गुटको राजनीति सुरु भएको छ । अध्यक्ष ओलीलाई निकट बनाएर आफ्नो पक्षमा पल्लाभारी पार्न अनेक प्रयास उनीहरुले सुरु गरेका छन । उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबिच गुटको राजनीतिक असर उनीहरुको गृह प्रदेश लुम्बिनीमा देखा परेको छ ।

गत सोमबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लुम्बिनी प्रदेश एमाले संसदीय दलका रहेका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रिङबाट आउट गर्दै एमाले संसदीय दलका उप–नेता चेत नारायण आचार्यले बाजिमार्न सफल भए । यसले उनीहरुबिच गुटको लडाइ रहेको फेरी एक पटक प्रस्ट पारेको छ । गएको निर्वाचनमा अर्घाखाँची १ को (क) बाट निर्वाचित भएका सांसद आचार्य गएको सोमबार ५६ सांसदको सर्मथनमा मुख्यमन्त्रीमा नियुक्त हुन सफल भए ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता रहेका गिरी लाई मुख्यमन्त्रीमाको रेसबाट आउट गर्ने संसदीय दलका उप–नेता आचार्य मुख्यमन्त्री बन्न सफल भए । मुख्यमन्त्रीमा नियुक्त भएपछि आचार्यले माथिको निर्देश अनुसार आफु मुख्यमन्त्रीमा नियुक्त भएको प्रतिक्रिया दिएका थिए । एमालेमा अहिले एमालेमा अहिले महासचिव पोखरेल र उपाध्यक्ष पौडेलेबिच गुटको लडाइ विगत देखिनै छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बनेका आचार्य महासचि पोखरेल निकट हुन भने गिरी उपाध्यक्ष पौडेल निकट हुन ।

एमालेमा पछिल्लो समय महासचिव पोखरेल हाबी हुँदै गएका छन । कनिभने गत १५ असारमा कांग्रेसलाई मनाएर अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउनमा शंकरको ठुलो भुमिका छ । त्यसैको ब्याज अहिले शंकरले खाइरहेका छन । ओली पनि पछिल्लो समय शंकर प्रति सकारात्मकै छन । तर एमाले नेताहरु यसलाई सहजै स्विकार गर्न तयार छैनन्, बरु यो निर्णय समान्य भएको र पार्टी भित्रको आन्तरिक विषय भएको बतउने गरेका छन ।

लुम्बिनी प्रदेशमा एमाले महासचिव पोखरेल र उपाध्यक्ष पौडेलबिच यस अधिपनि पटक–पटक गुटको राजनीति चल्दै आएको एमाले नेताहरुलेनै बताउने गरेका छन । भावि अध्यक्षको रुपमा आफुलाई अधि सार्न खोजेका दुवै नेताको गृह प्रदेश लुम्बिनीनै हो । पौडेल र पोखेलबिच झन्डै एक बर्षअधि भएको पार्टीको लुम्बिनी प्रदेको अधिवेशमा कडा प्रतिस्पर्धा भएको थियो । उपाध्यक्ष पौडेल निकट रहेका राधा कृष्ण कँडेललाई विजयी गराउन लुम्बिनी प्रदेश पार्टी सह–इन्चार्ज रहेका गिरीले महत्वपूर्ण भुमीका खेलेका थिए ।

त्यसैको बदलामा महासचि पोखरेलले यस पटक मुख्यमन्त्रीमा गिरीलाई रोक्दै आफु निकट आर्चायलाई मुख्यमन्त्री बनाएको एमाले बृतमा चर्चा छ । पौडेलकै जोड बलमा गिरी संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्न सफल भएका थिए । तर यसपटक महासचिव पोखरेलले गिरीलाई मुख्मन्त्रीको रिङबाट आउट गराउँदै आफुनिकट आर्चायलाई मुख्यमन्त्री बनाउन सफल भए ।

यस्तै प्रदेशमा मात्रै नभएर केन्द्रमा पनि पौडेललाई कमजोर बनाउन पोखरेल सफल भएका छन । गत २८ असारमा पार्टी अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भए । ओलि क्याबिनेटमा उपाध्यक्ष पौडेल निकट छविलाल विश्वकर्मा मन्त्री बन्ने निकै चर्चा थियो । तर उपाध्यक्ष पौडेल निकट विश्वकर्मालाई मन्त्रीको रिङ आउट गर्दै आफु निकट बलराम अधिकारी लाई मन्त्री बनाउन महासचि पोखरेल सफल भए ।

गएको निर्वाचनमा महासचिव पोखरेललाई हराउन गुटको भुमिका खेलेका आरोप लागेका पौडेल जिल्ला देखी प्रदेश सम्ममा गुट बलियो बनाउन लागिरहँदा महासचिव पोखरेल पनि आफु कमजो नरहेका सन्देश दिएका छन । जिल्ला देखी प्रदेश सम्म बलियो रहेका उपाध्यक्ष पौडेल यस पटक भने कमजे बनेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us