आफ्नै कोठामा मृत भेटिए डाक्टर

काठमाण्डु टुडे २०८१ साउन १० गते २०:१४ मा प्रकाशित

विराटनगर, १० साउन– मोरङमा एक चिकित्सक मृत फेला परेका छन् ।

उर्लाबारीस्थित अरनिको अस्पतालमा कार्यरत ३३ वर्षीय डा. मनिषकुमार यादव आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी अस्पतालको रेडियोलोजी विभागमा काम गर्थे ।

यादव धनुषा औरही गाउँपालिका–१ पुरनदहियाका स्थायी बासिन्दा रहेको मोरङ प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले डेढ वर्षदेखि सो अस्पतालमा कार्यरत डा. यादव अस्पताल पछाडिएको एक घरमा डेरामा बस्दै आएका थिए ।

यसैबीच प्रहरीले उनको कोठाबाट मानशिक रोगको औषधि फेला पारेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दासले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us