काठमाण्डु, १० साउन– आज बिहिबार मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बोलाएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन ।
आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिएका छन । यद्यपि उनले मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे केही नभनिएकाले थप जानकारी नभएको बताए ।