काठमाण्डु, १० साउन–नेपाल प्रहरीका विभिन्न तहका २९ कर्मचारी सम्पर्कविहीन भएका छन् ।
उनीहरु विगत तीन महिनादेखि आफूखुसी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार एक सूचना जारी गरेको सूचनामा सम्पर्कबिहीन हुनेमा कार्यालय सहयोगीदेखि नायब निरीक्षक (सई) सम्म छन् । उनीहरू २०८० चैतदेखि जेठदेखि सम्पर्कविहीन भएको सूचनामा उल्लेख छ ।
प्रधान कार्यालयले स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । उक्त अवधिभित्र सम्कर्पमा नआए सेवाबाट हटाइने सूचनामा छ ।