मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

काठमाण्डु टुडे २०८१ साउन १० गते ११:२० मा प्रकाशित

रुकुम, १० साउन– मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाण्डु जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उनले जानकारी दिए ।
पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us