प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट

काठमाण्डु टुडे २०८१ साउन ९ गते १७:२७ मा प्रकाशित

काठमाण्डु, ९ साउन– निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ । आज बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरूले प्रधानसँग उजुरीबारे प्रश्न गरेका थिए ।

बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका थिए । त्यसक्रममा प्रधानले सफाइ दिने क्रममा जिल्ला अदालतमार्फत उजुरीकर्तासँग मिलापत्र भैसकेको बताएका छन् ।

सुनुवाइ सकिएपछि अर्को बैठक बसेर नियुक्त गर्ने नगर्ने निर्णय हुने समितिका सभापतिको भूमिकामा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us