काठमाण्डु, ९ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (बुधबार) बुधबार अपराह्न ५ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार बिहान पोखराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिनको प्रक्रियाबारे बैठकले निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषद् बैठकले दुर्घटनाबारे छानबिन समिति बनाउने र उद्धार तथा राहतबारे समेत निर्णय लिने बुझिएको छ । सौर्य एयरलाइन्सको जहाज ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रनवे छाड्नेवित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।